मनाङ र मुस्ताङमा १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०७८ | ११:३३:०० मा प्रकाशित
काठमाडौँ । मनाङपछि छिमेकी जिल्ला मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३ सय नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय नागरिकलाई पनि खोप दिइएको छ ।
योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५ सय पुगेको हो ।
भण्डारीका अनुसार जिल्लामा जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७ सय, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३ सय २० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४ सय ७२ जना रहेका छन् ।
मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५ सय २५ जना संक्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको थियो । जिल्लामा अहिले २३ जना सक्रिय संक्रमित छन् । मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस