मनाङ र मुस्ताङमा १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०७८ | ११:३३:०० मा प्रकाशित
काठमाडौँ । मनाङपछि छिमेकी जिल्ला मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३ सय नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय नागरिकलाई पनि खोप दिइएको छ ।
योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५ सय पुगेको हो ।
भण्डारीका अनुसार जिल्लामा जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७ सय, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३ सय २० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४ सय ७२ जना रहेका छन् ।
मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५ सय २५ जना संक्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको थियो । जिल्लामा अहिले २३ जना सक्रिय संक्रमित छन् । मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस