अर्थतन्त्र

सानिमा लाइफकाे आईपीओ भर्ने ? खुल्याे !

काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्सले आजदेखि देखि आईपीओ बिक्री खुला गरेको छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये कर्मचारीलाई ३ लाख ५ प्रतिशत र म्युचुअल फन्डलाई ५ प्रतिशतले हुने ३ लाख कित्ता सेयर छुट्याएको छ ।

बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

गाउँ सहर संवाददाता