लायन्स मिड टाउनले पोखराको भलाममा बनायो प्रतिक्षालय
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | २१:२०:०० मा प्रकाशित

पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले कास्कीको भलामस्थित पिपलडालीमा प्रतिक्षालय निर्माण गरेको छ । क्लबले निर्माण गरेको प्रतिक्षालय शनिबार समुदायलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रविराज भुर्तेलले जानकारी दिए ।
उक्त अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष सिमबहादुर गुरुङले क्लबले प्रतिक्षालय निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए । क्लब एडमिनिष्टेटर त्रिलोचन गौतमको संयोजकत्वमा प्रतिक्षालय निर्माण गरिएको हो ।
कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख ठाकुरप्रसाद अधिकारी, एडभाइजर विष्णुप्रसाद बास्तोला, प्रथम उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिव पोषबहादुर भुजेल लगायतले बोलेका थिए । वडासँग समन्वय गरी आगामी दिनमा प्रतिक्षालयको संरक्षण र खानेपानीको व्यवस्थासमेत क्लबले गर्ने प्रतिबद्धता गरेको अध्यक्ष भुर्तेलले जानकारी दिए ।
लायन्स क्लब अफ पोखरा मिड टाउनले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको अध्यक्ष भुर्तेलले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस