डिष्ट्रिक्ट ३२५ 'जे' ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर थापा सम्मानित
- गाउँ सहर संवाददाता
- ५ श्रावण शनिबार, २०८१ | ०८:२१:०० मा प्रकाशित

काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ ।
लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो ।
कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए ।
तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो ।
कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो ।
इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे । उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए ।
सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस