भारतीय सीमा सुरक्षा बलको ज्यादतीप्रति नेविसंघ महामन्त्री तिमल्सिनाद्वारा खेद प्रकट
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | १०:१०:०० मा प्रकाशित

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बलको ज्यादतीप्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुईन काटिदिँदा दार्चुला जिल्ला व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार माहाकाली नदिमा बेपत्ता भएको खबरले आक्रोशित बनाएको बताए ।
यस्तो अत्यन्तै अमानवीय ,निन्दनिय र आपत्तिजनक यस बिषयमा तुरुन्तै भारतीय पक्ष संग कुरा गरि अपराधीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरे । यस्तै उनले बेपत्ता भएको धामीको खोजी कार्य तीव्र पार्न पनि माग गरे । उनले बेपत्ता भएका धामीको परिवारलाई क्षति पुर्तिको व्यवस्था गर्न पनि तिमल्सिनाले सरकारसँग माग गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस