कोरोना संक्रमितमध्ये ६८६ सघन र १६१ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप २७ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १५ श्रावण शुक्रबार, २०७८ | १६:५२:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ६६१ को परीक्षण हुँदा ३ हजार ६११ संक्रमित थपिएका छन् । जसमा ६०.१ पुरुष र ३९.८ महिला छन् ।
आजसम्म जम्मा ३५ लाख ९४ हजार २०२ पिसिआर र ३ लाख १४ हजार १११ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ६ लाख ९३ हजार १०९ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ६० हजार ५२४ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६८६ सघनमा र १६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ८१६ छ । निको हुनेको प्रतिशत ९४.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३९० र होम आइसोलेशनमा रहेको संख्या २७ हजार ८२० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार १९४ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १६ लाख २१ हजार ७५४ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, नवलपरासी पूर्व र रुपन्देही रहेका छन् भने २०० माथि संक्रमित रहेका २३ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस