अर्थतन्त्र

सुनकाे मूल्य ९३ हजार नजिक, चाँदी पनि बढ्याे

काठमाडाैं । सुनको मूल्य शुक्रबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनका मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार नौ सय थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता