एथ्लेटिक्स खेलाडी दाेस्राे चरणमा पुग्न सकिनन्
- गाउँ सहर संवाददाता
- १५ श्रावण शुक्रबार, २०७८ | ०७:३५:०० मा प्रकाशित
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।
महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२:९१ सेकेन्डमा पूरा गरिन् ।
दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ ।

प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् । प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकाेमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।
महिला १०० मिटरमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
सुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भएपनि पछि म्याराथनमा धेरै कोटा भएको भन्दै उनको सट्टा महिला १०० मिटरमा सरस्वतीलाई ओलम्पिकमा पठाइएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस