मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक
- गाउँ सहर संवाददाता
- १४ श्रावण बिहीबार, २०७८ | ०८:३७:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ ।
बैठक आज विहान साढै आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका नेता पुर्णबहादुर खड्काले जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह ), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने खड्काको भनाइ छ ।
बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्नेसमेत उनले बताए । गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ ।
यसअघि बुधबार बिहान बसेको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस