कांग्रेसको क्रियाशील छानबिन समितिलाई विवाद समाधान गर्न भाेली दिउँसो २ बजेसम्मकाे समय
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | १७:२२:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल छानबिन समितिलाई थप एक दिन समय उपलब्ध गराएको छ ।
समितिले मंगलबार प्रतिवेदन बुझाए पनि विवाद रहेका निर्वाचन क्षेत्रको समाधान गरी बिहीबार दिउँसो २ बजेसम्म टुंग्याउन समय दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले भने, ‘छलफलबाट भोलि दिउँसोसम्म परिमार्जन गरेरका प्रतिवेदन बुझाउन छानबिन समितिलाई समय दिइएको छ ।’
नेता रमेश लेखक नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदनमा अझै पनि १६ वटा निर्वाचन क्षेत्रको क्रियाशिल विवाद रहेको शर्माले बताए । ती क्षेत्रमा संभव भएसम्म विवाद समाधान गरेर अन्तिम प्रतिवेदन बुझाउन छानबिन समितिमै पठाइएको हो ।
बारा, सर्लाही, धनुषा, सिन्धुपाल्चो, रसुवालगायका जिल्लामा रहेको विवादलाई छानबिन समितिले टुंग्याउन नसकेको सभापति शेरबहादुर देउवालाई मंगबार बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
१३औँ महाधिवशेनमा ३३ वटा निर्वाचन क्षेत्रमा पुरानै क्रियाशिल सदस्यतालाई मान्यता दिएर महाधिवेशन गरिएको उल्लेख गर्दै यसपटक विवादित ठाउँमा अधिकत प्रयास गर्दा पनि संभव भएन भने त्यस्तै गर्न सकिने विकल्पमाथि कांग्रेस नेताहरुको बैठकमा छलफल भएको छ ।
बिहीबारको बैठकले स्थगित भएको तल्ला तहको अधिवेशनको नयाँ मिति तय गर्ने दाबी गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस