सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमको राहत सहयोग
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | १४:५३:०० मा प्रकाशित
काठमाडाैँ । गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनिय क्षति पुग्यो । मेलम्ची खोला छेउको ३ दर्जन भन्दा बढी घर पूर्ण क्षति भयो भने सयौँ घरहरु प्रभावित भए खोला थुनिएर बस्तीमा लेदो सहितको बाढी पस्दा मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने व्यवसयीहरुले सवैभन्दा ठूलो क्षति वेहोर्नु प-यो । बाढीका कारण क्षति पुगेका घरहरुमा संचालनमा रहेका पसलको सामान बगाउँदा तथा पानीका कारण सामानहरुमा पूर्णरुपमा क्षति पुग्दा व्यवसायीहरुले लाखौँको क्षति बेहोरे जसमा डिशहोमका आधिकारीक सव–डिलरहरु समेत अछुतो रहेनन् ।
डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसयीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामान संगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स) मा समेत क्षति पुगेको जानकारी भए अनुसार त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्धेश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत स्वरुव प्रदान गरिएको छ ।
डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन् । बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो । यस राहत रकमको माध्यमबाट पीडित सव–डिलरहरु लाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसाय लाई पुनः सुचारु गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस