प्रदेश प्रमुखमा अमिक शेरचन र तिलक परियारलाई पठाउने माओवादीको निर्णय
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | १६:२३:०० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेश र परियारलाई प्रदेश २ का लागि पठाउने निर्णय गरेको हो ।
नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि केपी ओली नेतृत्वको सरकारले परियार र शेरचनलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गरेको थियो ।
नयाँ सरकारले ओली सरकारले गरेका नियुक्ति बदर गरेर नयाँ नियुक्ति गर्न आँटेका बेला सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस