जसपाका उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगद्वारा आधिकारिकता प्रदान
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १७:२९:०० मा प्रकाशित
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो ।
५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए। डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन् ।
पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।
जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए । उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ । जसपा विभाजन नभई जसपामा आउन नचाहने नेताहरुले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ ।
आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस