हामीले गेटमा ताला लगाएका छैनाैं, आत्मालोचना गरेर आए पार्टीले विचार गर्छः उपेन्द्र यादव
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १२:४०:०० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमा आत्मालोचना गरेर आए पार्टीमा रहनेबारे सोच्न सकिने बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती स्वीकारेर आए पार्टीले विचार गर्ने बताए । ‘हामीले कसैलाई घोक्र्याएर निकालेका होइनौं,’ उनले भने, ‘आफै बाटो बिराएर आफै जानुभयो । मौका दिएकै हो । अध्यक्ष पनि बनाएकै हो । प्रतिगमनकारीलाई साथ दिनु गलत थियो । त्यो कार्य गरेको सार्वजनिक रूपमा आत्मालोचना गरेर आउनुभयो भने पार्टीले विचार गर्छ ।’ उनले आफूहरू पक्षमा दुई तिहाइ सदस्यले सनाखत गरेकोसमेत दाबी गरे ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिलेसम्म आफ्नो पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेको पनि उनले बताए । कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ ।
आयोगले आज जसपाका नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।
दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।
उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस