कांग्रेसको वडा अधिवेशन स्थगित, क्रियाशील सदस्यताको छानविन प्रतिवेदनपछि नयाँ मिति
- गाउँ सहर संवाददाता
- ९ श्रावण शनिबार, २०७८ | १३:५३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । साउन १२ गतेदेखि गर्ने भनिएकाे वडास्तरीय अधिवेशनको कार्यसूची स्थगित भएकाे हाे ।
शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको उनले बताए ।
क्रियाशील सदस्यताको छानविन प्रतिवेदन साउन १२ मा पेश हुँदैछ । छानविन समिति संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेपछि मात्रै अधिवेशनको टुंगो लाग्ने शर्माले बताए ।
‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ । प्रतिवेदन पेश भएपछि नयाँ मिति तोकिन्छ, तर वडाको अधिवेशन पर सर्दा सबै तहलाई प्रभावित पार्न सक्छ ।’
वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस