कांग्रेस सांसद अमरेशकुमार सिंहले सांसद पदबाट दिए राजीनामा, यस्ताे छ असन्तुष्टीसहितकाे पत्र
- गाउँ सहर संवाददाता
- ६ श्रावण बुधबार, २०७८ | २०:१६:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।
आज साँझ बालुवाटार पुगेर सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सिंहले राजीनामा पत्र बुझाएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी सांसद सिंहले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र अरु पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा सिंहले भनेका छन्- ‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस