शिक्षा

भारतीय विश्वविद्यालयमा छात्रवृत्ति सम्बन्धी वाइड रेन्ज कन्सल्टेन्सीकाे प्रेस मिट्

काठमाडाैँ । सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इष्टिच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्धेश्यले जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई मेरीटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा जानकारी गराइरहेको छ ।

वाइड रेन्ज कन्सल्टेन्सीले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इष्टिच्यूटमा आफैँ गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरू अनुभव र छात्रवृतिका बारेमा जानकारी प्राप्त गरी विद्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य जानकारी गराउँदै आएको छ । 

हाल शैक्षिक सत्र २०२१-२२ को लागि भर्ना प्रकृया अगाडि बढाउने समयमा वाइड रेन्ज कन्सल्टेन्सीले यो स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन एण्ड प्रेस मिटको आयोजना गरेको हो ।

कम्पेक्स स्कलरसिप के हो ?

भारतीय दुतावास काठमाडौँले प्रत्येक वर्ष मेधावी र मेहनती विद्यार्थीहरूलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृतिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा पढ्नको लागि पूर्ण छात्रवृति कम्पेक्स स्कलरसिप २०२१ मार्फत प्रदान गर्दै गर्दै आएको छ । अगस्ट चार तारिख सम्म आबेदन दिने अन्तिम मिति रहेको यस छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम BE ENGINEERING, PHARMACY, AGRICULTURE, FOOD TECHNOLOGY र B.Sc. NURSING का लागि शैक्षिक सत्र २०२१-२२ का लागि विद्यार्थीहरूले आबेदन दिने व्यवस्था गरिएको छ । यस वर्ष कोरोनाको महामारीका कारण यो कम्पेक्स स्कलरसिप टेस्ट कम्पुटर वेसमा अगस्टको चौंथो साता परीक्षा लिइने भएको छ ।

कक्षा १२ पास गरेका र परीक्षा दिएका दुबै वर्गका विद्यार्थीले यो स्कलरसिप टेस्ट दिन मिल्ने भारतीय दूतावास द्वारा निस्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ । कक्षा १२ मा ६०% प्राप्ताङ्क ल्याएका विध्यार्थीहरूले यो छात्रबृत्ति दाबी गर्न सक्ने छन् । छात्रवृति सम्बन्धी सम्पूर्ण जानकारी भारतीय दुतावासको वेबसाइटमा राखिएको छ ।

कम्पेक्स स्कलरसिप प्रदान गर्ने भारतको उडिसामा अवस्थित कालिङ्गा इष्टिच्यूट अफ इन्डस्टियल टेक्नोलोजी किट युनिभर्सिटीलाई वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रवर्द्धन गर्दै आएको छ । किट युनिभर्सिटी सन् १९९२मा स्थापित यस शैक्षिक संस्था विकसित हुँदै हाल भारतकै MHRD र्याङकिङमा नम्वर वान प्राइभेट युनिभर्सिटी, NIRF र्याङकिङमा २४ औ स्थानमा पर्न सफल भएको छ भने NBA टायर वान र NAAC A ग्रेड लगायतका थुप्रै रेटीङ र्याङकिङ हात पार्न सफल भएको छ ।

तिस हजार आदिवासी जनजाति किशोर किशोरीहरूलाई निःशुल्क शिक्षा प्रदान गराउन सफल किस प्रोजेक्टका अध्यक्ष तथा किट युनिभर्सिटीका चेयरम्यान अचुत सामन्तको दुरदर्शी विचारधारात्मक संघर्ष कै कारण किट युनिभर्सिटी आज अन्तर्राष्ट्रिय विद्यार्थी, विश्वविद्यालय र इन्डस्ट्री जगतमा प्रसिद्ध बन्दै गइरहेको छ । कम्पेक्स स्कलरसिपमा बिध्यार्थी भर्ना गरिरहेको र वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रबर्धन गर्दै आएको अर्को शैक्षिक संस्था हो । बि एम यस कलेज अफ इञ्जिनिएरिङ् । सन् १९४६ मा स्थापना भएको बि एम यस कलेज अफ इञ्जिनियरिङ् भारतकै गार्डेन सिटी बेङ्गलोरकै मुटु बुल टेम्पल रोडमा अवस्थित रहेको छ । यस शैक्षिक संस्थाले साढे सात दशकको निरन्तरको यात्रा संगै ४०००० विध्यार्थीहरूलाई उच्च पेशागत सीप, दक्षता सहितको विश्वभरी मान्यता प्राप्त शैक्षिक प्रमाणपत्र मात्र दिलाएन, संसारको जुनसुकै कुनामा पुगे पनि सफल इन्जिनियर र इन्डस्टियल लिडरको रूपमा स्थापित गराउन सफल भएको छ ।

शिक्षण पद्दतिमा इन्डस्ट्रियल एक्स्पोजर र अन्तर्राष्ट्रिय विश्वविद्यालयसंगको सहकार्यले बि एम यस कलेज अफ इञ्जिनियरिङकाे शाख अझ मर्यादित र गौरवशाली बनाएको छ । अनुसन्धानमा बि एम यस कलेज अफ इञ्जिनियरिङ्को पि एच डी प्रोग्राम भारतमै उत्कृष्ट रहेको छ । नेशनल एसेस्मेन्ट एण्ड एकृडीएसन काउन्सिल NAAC A++ एकृडीएटेड, नेशनल बोर्ड अफ एकृडीएसन NBA एकृडीएटेड, भिवेश्वरा टेक्नीकल युनिभर्सिटी एफिलीएटेड, अल इन्डिया काउन्सिल फर टेक्नीकल एजुकेशन AICTE अप्रुभड, नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको लगायतका थुप्रै सर्टीफीकेसन र बल्ड बैंकको लगानी भयका परियोजना समेत यस शैक्षिक संस्थाले आफू संलग्न रहेर पुरा गरिसकेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरुले विश्वास गरेका छन् । विद्यार्थी हरूलाई भारतको सबै क्षेत्रका शैक्षिक संस्था हरुको अवसर मिलोस् भन्ने हेतुले वाइड रेन्ज कन्सल्टेन्सीले हरियाणा, अम्बालामा अवस्थित महर्षि मारकन्डेश्वर युनिभर्सिटीलाई कम्पेक्स स्कलरसिप स्कीम अन्तरगत नेपालमा प्रवर्द्धन गरेको छ ।

सन् १९९३मा स्थापना भएको यस शैक्षिक संस्था NAAC A एकृडीएटेड युनिभर्सिटी हो । ११ वटा छुट्टाछुट्टै क्याम्पस सहित उच्च पुर्वाधारकाबिच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्याकल्टी हरूद्वारा विश्वभर मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न महर्षि मारकन्डेश्वर युनिभर्सिटी सफल भएको छ । महर्षि मारकन्डेश्वर युनिभर्सिटीको नेपालको अथोराइज एड्मिसन अफिस वाइड रेन्ज कन्सल्टेन्सी रहेको संस्थाका मेनेजिङ डाइरेक्टर सुदिप नायक बताउँछन् । कम्पेक्स स्कलरसिप तथा अन्य थुप्रै छात्रवृतिको बारेमा जानकारी गराउँदै आएको वाइड रेन्ज कन्सल्टेन्सी भारतीय शिक्षाको लागि वान स्टप सोलुसन रहेको संस्थाको दावी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत