आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच समझदारी
- गाउँ सहर संवाददाता
- ५ श्रावण मंगलबार, २०७८ | १८:५८:०० मा प्रकाशित
काठमाडौँ । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच एक समझदारी भएको छ । समझदारी अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।
सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ । धेरै टेक फर्महरुले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरुले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरुको लागि थुप्रै अवसरका ढोकाहरु पनि खोलिदिएका छन् ।
वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरुको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् । समझदारी यस्तै विषयवस्तुहरूलाई ध्यानमा राख्दैगरिएको थियो । यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्व रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको छ ।
दुई पक्षबीच सम्पन्न समझदारीमा मल्पी इन्टरनेशनल कलेजले प्रशन्नता व्यक्त गर्दै आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र आइएमई ग्रुपका मानव संसाधन विभाग
प्रमुख सुवास गौतमलाई विशेष धन्यवाद व्यक्त गरेको छ ।
कोरोना महामारीका कारण उक्त समझदारी भर्चयुल माध्यमबाट सम्पन्न गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस