आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा शतप्रतिशत क्यासब्याक
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर सोमबार, २०८१ | १४:१९:०० मा प्रकाशित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘लोड, पे, विन !’ नामक योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।
मङ्सिर २० गते देखि पौष २० गते सम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरूले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रु. १००० बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधि भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले आइएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आइपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन्। यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरूले कम्तीमा रु. १००० आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ। बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम रु. १०,००० सम्म प्राप्त गर्न सक्नेछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस