काठमाडौं– नेपाली बजारमा आइतबार ओरालो लागेको सुनको मूल्य साेमबार पुनः बढेको छ । स्थानीय बजारमा आइतवार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमवार २ सय रुपैयाँले बढेको हो ।
सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ । आइतवार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२ सय ९० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।
आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस