छुट्टिन सहमति जनाएका जसपा विवादबारे निर्वाचन आयोगमा आजबाट सुनुवाइ
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | ०८:३४:०० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बारे आजबाट निर्वाचन आयोगमा सुनुवाइ सुरु हुँदैछ । दुवै समूहले आफूहरू पार्टीमा एक भएर बस्न नसक्ने भन्दै छुट्टाइदिन सहमति जनाएपछि आयोगले आजबाट सुनुवाइ गरी कानुनी रूपमा टुक्र्याइदिन लागेको हो ।
आयोगले जसपाबारे निर्णय लिन प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू रहेको इजलास गठन गर्दै दुवै समूहलाई आफ्नो समूहका कानुन व्यवसायी भएमा मुकरर गर्नसमेत भनिसकेको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा विवाद भएपछि जसपा फुटको चरणसम्म पुगेको हो । पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालिन ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो भने संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समूहले पनि ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको थियो ।
अहिलेसम्म पनि अवस्था त्यही छ । अब यादव समूह अहिले सरकारमा जाने तयारी गरिरहेको छ भने ठाकुर समूह ओलीसँग बाहिरै रहने तयारीमा छन् ।
यसैबीच शनिबार बसेको यादव समूहको बैठकले आजबाट आयोगमा सुरु हुने आधिकारिकताबारे सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरू उपस्थित हुने निर्णय गरेको छ ।
अयसअघि नै जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव समूहको बहुमत थियो । शनिबारको संसदीय दल बैठकमा उपस्थितिको संख्या हेर्दा संसदीय दलमा पनि बहुमत पुगेको छ । यसअघि भने संसदीय दलमा यादव समूह अल्पमतमा थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस