स्वास्थ्य

१९ कराेड संक्रमित हुँदा १७ कराेडले जिते काेराेना

काठमाडाैँ । विश्वमा काेराेनाका कारण १९ कराेड माथि संक्रमित हुँदा १७ कराेड बढीले काेराेना जितेका छन् । यसमा ४० लाख माथिकाे मृत्यु भएकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार, विश्वमा अहिले काेराेनाकाे सक्रिय संक्रमितकाे संख्या १ कराेड २८ लाख माथि छ भने ८० हजार ६४६ काे अवस्था गम्भीर छ ।

काेराेनाकाे नयाँ नयाँ लहरले थप जटिलताहरू थपिएका छन् भने खाेपकाे उत्पादन र पहुँच विस्तार हुँदै गएकाे छ ।

गाउँ सहर संवाददाता