स्वास्थ्य
काेराेना अपडेटः थप २१६४ संक्रमणमुक्त, १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २ श्रावण शनिबार, २०७८ | १६:४९:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।
देशभर हाल २५ हजार ९५२ जना सक्रिय संक्रमित छन् । शनिबार २ हजार १ सय ६४ संक्रमणमुक्त भएका छन् ।
यस्तै गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर तथा ३ हजार २०८ एन्टिजेन परीक्षण गरिएको छ ।
त्यसैगरि, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस