स्वास्थ्य

निको हुनेभन्दा कोरोना संक्रमितको संख्या दोब्बर, मृत्यु हुनेको संख्या ४३

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म ९ हजार ५०६ को मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा १४ हजार १८२ को परीक्षण हुँदा २ हजार ९३६ संक्रमित थपिएका छन् । याेसहित कुल संक्रमित ६ लाख ६४ हजार ५७६ पिसिआर परीक्षणबाट र एन्टिजेन परीक्षणबाट ४७ हजार ७९७ पुगेका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ५७८ सघनमा र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ७७५ छ । निको हुने ६ लाख २८ हजार २४३ पुगेका छन् ।

आजसम्म ३४ लाख ५६ हजार १९९ जनाको पिसिआर परीक्षण  भएको छ भने एन्टिजेन विधिबाट २ लाख ५६ हजार ६२३ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३२१ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार २७४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५५३ छ । 

देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । 

अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख १२ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता