वातावरण

मंगलबार मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना, कहाँ-कस्ताे ?

काठमाडाैँ । २०७८ असार २९ गते (मंगलबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ ।

गाउँ सहर संवाददाता