कोरोनाबाट थप १८ जनाको मृत्यु, निको हुनेभन्दा दोब्बर बढी थपिए नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- २८ असार सोमबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ४०० को मृत्यु भएको छ । कुल संक्रमित ६ लाख ५७ हजार १७३ र एन्टिजेन विधिबाट ४४ हजार ३१९ पुगेका छन् भने निको हुने ६ लाख २१ हजार २७ छन् ।
पछिल्लो २४ घण्टामा मात्र १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५८४ को परीक्षण हुँदा २ हजार ३७० संक्रमित थपिएका छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ५४९ सघनमा र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार १३३ छ । जुन ९४.५ प्रतिशत हो ।
आजसम्म ३४ लाख २३ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ३८ हजार ६७२ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २९९ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ९४७ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७६५ छ । देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ रहेको छ ।
पछिल्लो समय निषेधाज्ञा खुलेसंगै कोभिड परीक्षण घटेको छ भने संक्रमणको दर दैनिक वृद्धि हुँदै गएको छ । तर मृत्यु भने घटेको छ । अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ ।
गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १० लाख ७९ हजार १९२ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस