सोमबारको कारोबारमा नेप्से परिसूचक ४५ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २८ असार सोमबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडाैं । साताको पहिलाे दिन आइतबार बढेकाे शेयर नेप्से परिसूचक दाेस्राे कारोबार दिन ओरालो लागेको छ ।
सोमबारको कारोबारमा नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७० विन्दुमा सीमित भएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै यस दिन बजार ओरालो लागेको थियो । फैसला गरेसँगै त्यसको असर सेयर बजारका लगानीकर्तामा देखिएको छ ।
सूचक ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो दिन ३१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सप्तकोसी विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, सेञ्चुरी बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ भने सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, ओरियन्टल होटल्स, माहुली सामूदायिक लघुवित्तलगायतका कम्पनी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस