काेराेनाबाट मृत्यु हुने ४० लाख नाघे, १७ कराेड माथि निकाे भए
- गाउँ सहर संवाददाता
- २८ असार सोमबार, २०७८ | ०७:४७:०० मा प्रकाशित

काठमाडाैँ । काेराेनाभाइरसबाट विश्वमा अहिलेसम्म मृत्यु हुनेकाे संख्या ४० लाख ४९ हजार ७१ पुगेकाे छ । यस्तै कुल संक्रमण १८ कराेड ७६ लाख ३२ हजार ७५६ पुग्दा निकाे हुनेकाे संख्या १७ कराेड १५ लाख ८४ हजार २१८ पुगेकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे अपडेटनुसार विश्वमा काेराेनाकाे सक्रिय संक्रमण १ कराेड १९ लाख ९९ हजार ४६७ मा छ । जसमा ७८ हजार २९२ काे अवस्था चिन्ताजनक छ ।
काेराेनाले २२२ देश तथा भूभागमा नराम्ररी चाेट पुर्याएकाे छ भने कराेडाैँकाे राेजगारी चुँडेकाे छ ।
पछिल्ला दिनमा संक्रमण कम हुँदै गएपछि निषेधाज्ञा केहि खुकुलाे हुँदै गएका छन् तर काेराेनाकाे नयाँ नयाँ स्वरूपले झनै गाज्दै गएकाे छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा थप २० जनाकाे मृत्यु भएकाे छ । देशमा अहिले सक्रिय संक्रमितकाे संख्या २६ हजार १७३ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस