काेराेनाबाट मृत्यु हुने ४० लाख नाघे, १७ कराेड माथि निकाे भए
- गाउँ सहर संवाददाता
- २८ असार सोमबार, २०७८ | ०७:४७:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसबाट विश्वमा अहिलेसम्म मृत्यु हुनेकाे संख्या ४० लाख ४९ हजार ७१ पुगेकाे छ । यस्तै कुल संक्रमण १८ कराेड ७६ लाख ३२ हजार ७५६ पुग्दा निकाे हुनेकाे संख्या १७ कराेड १५ लाख ८४ हजार २१८ पुगेकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे अपडेटनुसार विश्वमा काेराेनाकाे सक्रिय संक्रमण १ कराेड १९ लाख ९९ हजार ४६७ मा छ । जसमा ७८ हजार २९२ काे अवस्था चिन्ताजनक छ ।
काेराेनाले २२२ देश तथा भूभागमा नराम्ररी चाेट पुर्याएकाे छ भने कराेडाैँकाे राेजगारी चुँडेकाे छ ।
पछिल्ला दिनमा संक्रमण कम हुँदै गएपछि निषेधाज्ञा केहि खुकुलाे हुँदै गएका छन् तर काेराेनाकाे नयाँ नयाँ स्वरूपले झनै गाज्दै गएकाे छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा थप २० जनाकाे मृत्यु भएकाे छ । देशमा अहिले सक्रिय संक्रमितकाे संख्या २६ हजार १७३ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस