अमेरिकाले नेपाललाई १५ लाख, भुटानलाई ५ लाख डोज खोप पठाउँदै
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | १८:४५:०० मा प्रकाशित

काठमाडौं । अमेरिका सरकारले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।
ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले बाइडेन प्रशानसनले ८ करोड मात्रा खोप उपलब्ध गराउने प्रतिवद्धता अन्तर्गतकै खोप सहायता भएको उल्लेख गरेको छ । अमेरिका लगायत विकसित राष्ट्रले खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरणका लागि भन्दै यो सहायताको घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप आज (शुक्रबार) नेपाल पठाउँदै छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै रोयर्टसले जनाएअनुसार नेपालका साथै अमेरिकाले भुटानलाई पनि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
नेपालमा सुरक्षितपूर्वक खोप पुर्याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।
अमेरिकाले खोप पठाउँदै गर्दा सरकारी अधिकारीहरूले भने यसबारे पूर्ण जानकारी प्राप्त नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले खोप आउने मिति भने यकिन नभएको बताए ।
विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।
अमेरिकाले एशियाली मुलुकहरू फिलिपिन्स, भेतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कम्बोडियालाई पनि कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि कोभ्याक्समार्फत् अमेरिकी खोप आउनेबारे कुराकानी भइरहेको भए पनि कुन समयमा कति डोज आउँछ भन्नेबारे टुंगो नभएको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस