विश्व

भारतमा काेराेनाबाट मृत्यु हुने दर घट्याे

काठमाडाैँ । भारतमा पछिल्लाे समय काेराेनाबाट मृत्यु हुनेकाे दर घटेकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ७२३ जनाकाे मृत्यु भएकाे छ ।

त्यहाँकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अब ४ लाख ८२ हजार ७१ सक्रिय संक्रमित रहेका छन् ।

उसका अनुसार काेराेनाका कारण अहिलेसम्म मृत्यु हुनेकाे संख्या ४ लाख २ हजार ७२८ छ । देशमा २ कराेड ९७ लाख बढी निकाे भइसकेका छन् ।

देशमा ३५ कराेड २८ लाख बढीले काेराेनाविरूद्धकाे खाेप प्राप्त गरिसकेका छन् ।

गाउँ सहर संवाददाता