बीपी राजमार्ग अवरुद्ध, तीनवटा सवारी साधन पुरिए
- गाउँ सहर संवाददाता
- १९ असार शनिबार, २०७८ | १२:०४:०० मा प्रकाशित
.jpeg)
काभ्रेपलाञ्चोक । निरन्तर वर्षापछि आएको बाढीको कारण काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मा पर्ने बीपी राजमार्गमा ३ वटा सवारी साधन पुरिएको छ ।
रोशी खोलामा आएको लेदो सहितको पानीले बीपी राजमार्ग समेत अवरुद्ध बनेको छ ।
बाढीका कारण बीपी राजमार्ग हुँदै पूर्वतर्फ लागेका र काठमाडौं आउँदै गरेका सवारीसाधन यत्तिखेर राजमार्गमा नै अड्किएका छन् ।
काठमाडौंतर्फ आउँदै गरेका तीनवटा स्कारपियो लेदोमा अड्किएका कारण पुरिएका जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उक्त सवारीसाधनमा रहेका यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण तत्काल सम्भव नभएको बताए ।
त्यस्तै नमोबुद्ध–५, लास्कोटमा रहेको क्रसर उद्योगबाट आएको लेदोले पनि राजमार्गमा अवरोध गरेको छ । त्यहाँको अवरोध भने हटाइएको छ ।
वर्षाको कारण धुलिखेल–११, फस्कोटमा घर पछाडिको पर्खाल खसेर ३ घर जोखिममा परेपछि धुलिखेलस्थित कालिजंग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस