बीपी राजमार्ग अवरुद्ध, तीनवटा सवारी साधन पुरिए
- गाउँ सहर संवाददाता
- १९ असार शनिबार, २०७८ | १२:०४:०० मा प्रकाशित
काभ्रेपलाञ्चोक । निरन्तर वर्षापछि आएको बाढीको कारण काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मा पर्ने बीपी राजमार्गमा ३ वटा सवारी साधन पुरिएको छ ।
रोशी खोलामा आएको लेदो सहितको पानीले बीपी राजमार्ग समेत अवरुद्ध बनेको छ ।
बाढीका कारण बीपी राजमार्ग हुँदै पूर्वतर्फ लागेका र काठमाडौं आउँदै गरेका सवारीसाधन यत्तिखेर राजमार्गमा नै अड्किएका छन् ।
.jpg)
काठमाडौंतर्फ आउँदै गरेका तीनवटा स्कारपियो लेदोमा अड्किएका कारण पुरिएका जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उक्त सवारीसाधनमा रहेका यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण तत्काल सम्भव नभएको बताए ।
त्यस्तै नमोबुद्ध–५, लास्कोटमा रहेको क्रसर उद्योगबाट आएको लेदोले पनि राजमार्गमा अवरोध गरेको छ । त्यहाँको अवरोध भने हटाइएको छ ।
वर्षाको कारण धुलिखेल–११, फस्कोटमा घर पछाडिको पर्खाल खसेर ३ घर जोखिममा परेपछि धुलिखेलस्थित कालिजंग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस