शैक्षिक सामग्री एवम् उपचारका लागि लायन्सको सहयोग
- गाउँ सहर संवाददाता
- १८ असार शुक्रबार, २०७८ | १९:५०:०० मा प्रकाशित

पोखरा । सेवामा समर्पित लायन्स क्लव अफ पोखरा चौतारीले पोखरा २१ कृष्ति नाच्नेचौरस्थित भविष्य निर्माण माध्यमिक विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग एवम् शैक्षिक सामग्री उपलव्ध गराएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लवद्धारा कक्षा दशमा अध्ययनरत मुखमा ट्यूमर पलाएकी विद्यार्थी भगवती खत्रीको उपचारार्थ रु.५० हजार, २३ हजार ५८५ रुपैया बरावरका ३५ थान अग्रेजी माध्यमका पुस्तक तथा १० थान झोला हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा लायन्स मोहनबाबु खड्काले अतिविपन्न एवम् जेहेन्दार विद्यार्थी डिप्सन जिसीको अभिभावकत्व समेत ग्रहण गरे । उक्त विद्यालयको कक्षा तीनमा अध्ययनरत जिसीको दश जोड दुईसम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने उनले घोषणा गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालले अग्रेजी किताव उपलव्ध गराइएका १५ जना विपन्न विद्यार्थीलाई थप शैक्षिक सामग्री खरिदका लागि जनही एक एक हजारका दरले १५ हजार रुपैया हस्तान्तरण गरेका थिए ।
पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथमा सञ्चालित कोभिड अस्पताल सञ्चालनका लागि लायन्स क्लवहरुको सकृयतामा एक करोड ३० लाख रुपैया आर्थिक सहयोग गरिएको लायन्स किशोर बरालले सो अवसरमा जानकारी दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्स क्लव अफ पोखरा चौतारीले विद्यार्थी भगवती खत्रीको उपचार लगायत विद्यालयको प्रत्येक क्षेत्रमा पु¥याउँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस