वातावरण

शुक्रबारपनि पूर्ण बदली, अधिकांशत् स्थानमा वर्षा

काठमाडाैँ । २०७८ असार १८ गते (शुक्रबार) जल तथा माैसम विज्ञान विभागका अनुसार, दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती  प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी भारी वर्षा र एक दुइ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता