अर्थतन्त्र

बिहीवार नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिनकै विन्दुमा

काठमाडौँ । साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन बिहीवारकै विन्दुमा पुगेर बन्द भएको छ । 

यस दिन शून्य दशमलव ६८ प्रतिशत अर्थात् १९ दशमलव १२ अंक बढेर नेप्से परिसूचक २ हजार ८४३ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक सोही विन्दुमा बन्द भएको थियो ।

बुधवार ४ दशमलव १३ अंकले घटेर २ हजार ८२३ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ८३३ दशमलव ५६ विन्दुदेखि खुला भएको थियो । २ हजार ८६६ विन्दुसम्म पुगेर बजार तल झरेको हो ।

बिहीवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २१ प्रतिशत अर्थात् ६ दशमलव ३३ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगेको छ । यो दिन निर्जीवन बीमा वाहेक अन्य सबै समूहगत परिसूचकहरु बढेको छ ।

गाउँ सहर संवाददाता