सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर
- गाउँ सहर संवाददाता
- १७ असार बिहीबार, २०७८ | १६:१६:०० मा प्रकाशित

काठमाडाैँ । एमबिबिएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर्न विवेकशील साझा युवा संगठनले भनेकाे छ ।
महासचिव सराेज गाैतमले विज्ञप्ति जारी गर्दै भनेका छन्ः
१) एमबिबिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर ।
विद्यार्थी र अभिभावकलाई थप तनाव नदेऊ !!
चिकित्सा शिक्षा आयोगले मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे हाम्रो ध्यानाकर्षण भएको छ। एकीकृत परीक्षण सम्बन्धी विद्यार्थीहरूको लागि वर्षौँदेखिको मेहनत देखाउने विशेष परीक्षा हो भने अभिभावकका लागि पनि उत्तिकै महत्त्वको क्षण हो ।
विवेकशील साझा युवा सङ्गठन विद्यार्थीहरूले MBBS लगायत चिकित्सा शिक्षाका विभिन्न विधाको प्रवेश परीक्षा अगाडी गर्नुपर्ने पिसिआर परीक्षण सरकारले निःशुल्क गर्न माग गर्दछ। साथै, प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत जोडदार माग गर्दछ ।
एउटा विद्यार्थीले चार हजार रुपा दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर पिसिआर परीक्षण गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित छैन । सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजीमा रु. दुई हजार तिरेर पिसिआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै यो सुनौलो सपना देखिरहेका कलिला मस्तिष्कहरूमा सरकारको अवाञ्छित शोषण हो भन्ने हामीलाई लागेको छ ।
यो प्रवेश परीक्षा छात्रवृत्तिका निम्ति हो। र, यो परीक्षामा परीक्षार्थीहरूले दुई तिन विषयसम्म पनि फारम भरेका हुन्छन् । त्यसैले प्रत्येक परीक्षाको ७२ घण्टा अघि पिसिआर परीक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यवहारिक, गैर जिम्मेवार र असह्य छ । आयोगको नेतृत्वको सामान्य विवेकले हल हुने विषय जटिलता तर्फ धकेल्नु न्यायोचित त छैन नै यो अक्षम्य कदम पनि हो । तसर्थ, यो जिम्मेवारी राज्यले लिनुपर्छ र निःशुल्क पिसिआर परीक्षणको सहज वातावरण उपलब्ध गराउनुपर्छ ।
२) सङ्क्रमित विद्यार्थीलाई सहज यातायात र स्वस्थ क्वारेनटाइनको व्यवस्था गर ।
यो परीक्षा अगाडी विद्यार्थीलाई परीक्षाको स्वाभाविक तनावमा हुन्छन् । आयोगले विद्यार्थीको त्यो तनावलाई बुझेर यदि कुनै विद्यार्थीको पिसिआर पोजेटिभ आएमा सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्र सम्म पुग्न सहज यातायातको व्यवस्था गर्नुपर्छ । सम्बन्धित विद्यार्थीका निम्ति परीक्षा केन्द्र नजिक स्वस्थ र सहज आइसोलेसन तथा क्वारेनटाइनको व्यवस्था समेत सरकारले नै गरिदिनुपर्छ। परीक्षाको अवधिभर विद्यार्थीको र सम्बन्धित अन्य पक्षको स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध आयोगले तदारुकताका साथ मिलाउनुपर्छ ।
परीक्षा व्यवस्थापनको तनाव लिने विद्यार्थीले होइन, आयोगले हो, राज्यले हो। तसर्थ, हामी आयोगलाई विद्यार्थी र अभिभावकको यो बाध्यता बुझेर विद्यार्थीका निम्ति निःशुल्क पिसिआर परीक्षण, पिसिआर पोजेटिभ भएका विद्यार्थीका निम्ति परीक्षा केन्द्र नजिक आइसोलेसनका निम्ति व्यवस्था र सम्पूर्ण विद्यार्थीका निम्ति सहज र सुरक्षित वातावरणको प्रत्याभूति गराउन आयोग समक्ष जोडदार माग गर्दछौँ ।
साथै, नयाँ शैक्षिक सत्रका कक्षाहरू सुरु हुन गइरहेको अवस्थामा हामी मुलुकभरिका सम्पूर्ण विद्यार्थीहरू तथा शिक्षकहरूका निम्ति छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्न समेत जोडदार माग गर्दछौँ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस