पछिल्लाे २४ घण्टामा काेभिडबाट हजारमाथि मृत्यु हुने मुलुक ब्राजिल मात्रै, धेरैमा सयभन्दा तल, निकाे हुने बढे
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | ०९:२९:०० मा प्रकाशित

काठमाडौं । विश्वभर पछिल्लाे समय काेभिडबाट मृत्यु हुनेकाे संख्या घट्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा ब्राजिलमा मात्र हजारभन्दा माथि मृत्यु भएकाे छ । ब्राजिलमा १ हजार ९१७ जनाकाे मृत्यु भएकाे छ । भारतमा पनि दैनिक मृत्युदर हजारभन्दा तल छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ ।
पछिल्लाे २४ घण्टामा विश्वभर ७ हजार ६४० जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा ४ लाख ९ हजारजना काेराेनामुक्त भएका छन् भने ३ लाख ७३ जना संक्रमित थपिएका छन् ।
हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ७१ लाख ७६ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १४ लाख ४९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड २५ लाख ८० हजार नाघेको छ भने मृतकको संख्या ३९ लाख ५३ हजार ८४६ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७९ हजार ९१८ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४५ लाख २७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९० लाख ७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४९ लाखमा भाइरस सक्रिय छ ।
दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ३ लाख ९८ हजार ४८४ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४५ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ६ लाख ६१ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९४ लाख १९ हजार जना निको भएका छन् । सक्रिय केस ५ लाख ४३ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा विश्वभरमा सबैभन्दा धेरै ६४ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । १ हजार ९१९ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख १६ हजारभन्दा बढी छन् । हाल १२ लाख १८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ८५ लाख १३ हजार जना संक्रमितमध्ये १ कराेड ६७ लाख ७९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ६ लाख ३६ हजार ९१८ जना पुगेका छन् भने ५ लाख ९२ हजार ५३५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ७१ पुगेको छ भने ३५ हजार ३१० जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस