खारेजी हुनबाट जोगिए ७३१ वटा म्यानपावर कम्पनी
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | ०८:४२:०० मा प्रकाशित

काठमाडौं । सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो ।
जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन् । विभागका अनुसार हाल ८५४ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।
नियमित प्रक्रियाबाट नवीकरण गर्नका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरिसकेको छ, जसअनुसार कम्पनीले प्रत्येक वर्ष असार मसान्तभित्र नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ । साथै प्रत्येक महिना दस हजार शुल्क तिरेर असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गराउन सक्ने व्यवस्था रहेको छ ।
यो व्यवस्थाअन्तर्गत कम्पनी नवीकरण गराउन आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा गरी कुल २०० श्रमिक विदेश पठाएको प्रमाणित गर्नुपर्ने व्यवस्था छ । तर कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारमा देखिएको समस्याका कारण ७३१ कम्पनीहरूले २०० सङ्ख्या पु-याउन सकेका थिएनन् ।
वैदेशिक रोजगार ऐन २०६४ ले लगातार दुई वर्षसम्म वार्षिक एक सय श्रमिक पनि पठाउन नसकेका इजाजतपत्र नवीकरण नहुने व्यवस्था गरेको छ । तर गत वर्ष पनि मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाएर १०० श्रकिब नपठाउने म्यानपावर कम्पनीको इजाजत आर्थिक वर्ष २०७८/७९ को असारसम्मका लागि नवीकरण गराउने व्यवस्था गरिदिएको थियो । तत्कालीन समयमा आर्थिक वर्ष २०७८/८९ असारसम्मका लागि नवीकरण गराउँदा २०० श्रमिक पठाएको हुनुपर्ने सर्त राखिएको थियो । तर कोरोनाका कारण पछिल्लो एक वर्षमा पनि म्यानपावर कम्पनीले तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि बाधा अड्काउ फुकाउने निर्णय गरिएको हो ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वअध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको संयोजकत्वमा गठित समितिले म्यानपावर व्यवसायीहरूको समस्या समाधान समिति बनाई राजनीतिक दलका शीर्ष नेताको ध्यानाकर्षण गराउँदै आएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस