अर्थतन्त्र

आइएमई पे र वैदेशिक रोजगार विभाग अन्तर्गत ईपिएस कोरिया शाखाबीच सम्झौता

काठमाडौं । आइएमई पे र वैदेशिक रोजगार विभाग अन्तर्गत ईपिएस कोरिया शाखाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार ईपिएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पेबाट भुक्तानी गर्न सक्ने छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत