शेरबहादुर देउवाले जाली फटाहा मान्छे टिपेर प्रधानमन्त्री हुन खोज्नु'भाे : प्रधानमन्त्री ओली
- गाउँ सहर संवाददाता
- १४ असार सोमबार, २०७८ | १४:४२:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवा अलोकतान्त्रिक बाटोबाट सत्तामा जान खोजेको आरोप लागाएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा ओलीले भने, ‘शेरबहादुर देउवाले सत्ताका लागि लोकतान्त्रिक बाटो नै छोड्नुभयो । केही जाली फटाहाहरू लिएर प्रधानमन्त्री हुन खोज्नुभयो’, ओलीले भने ।
लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको कांग्रेस प्रचण्डपन्थी भएको ओलीको आरोप थियो । असक्षम भनेर राजाले १९ माघमा जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्दा ‘कु’ नभनेका देउवाले चुनावमा जानुपर्छ भन्दा अहिले कु भनिरहेको भन्दै ओलीले आश्चर्यता प्रकट गरे ।
सभामुखबारे प्रधानमन्त्री ओलीको टिप्पणी- ‘प्रचण्ड’को कार्यकर्ता
प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भनेका छन् ।
‘संसद् भवनमा तथाकथित् बुद्धिजीवीको भेला, नागरिक समाजका अन्तर्क्रिया, पत्रकार सम्मेलन गर्ने हो ? त्यसैका लागि त्यो भाडामा लिइएको हो ? प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै प्रचण्डले जे भन्यो, त्यो कानुनभन्दा माथि हुने ?,’ ओलीले भने ।
यद्यपि, यही मात्र आफ्नो टाउको दुखाइको कारण भने नरहेको उनले बताए । ‘मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो । यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्याउँछ ? लोकतान्त्रिक प्रणाली र मौजुदा संविधान । संविधानको आवश्यक संशोधनप्रति मेरो विरोध छैन । तर, संविधान नै च्यात्ने दिशातिर उहाँहरू जाँदै हुनुहुन्छ । अनि उल्टै स्यार हुइँया मच्चाउँदै हुनुहुन्छ– केपी ओलीले संविधान च्यात्यो । चुनावमा जाऔँ भन्दा संविधान च्यातेको हुन्छ ? उहाँहरूको हातमा सरकार गयो भने त चुनावै हुँदैन ।
ओलीले माधव नेपालको आलोचनामा थुप्रै शब्द खर्च गरे । माधव नेपाल मदन भण्डारीविरोधी भएको आरोप पनि उनले लगाए ।
‘एमालेको वरिष्ठ हुँ भन्ने, एमाले नै ध्वस्त पार्न लागिपर्ने, कांग्रेसको सरकार बनाउन लाग्ने । दुनियाँको लोकतान्त्रिक इतिहासमा माधव नेपालजति अराजक, अनुशासनहीन र इमान नभएको मान्छे, जुन पार्टीले भोट लियो, जुन आदर्शका लागि भनेर ढाँटेर हिजो भोट लियो, त्यसैलाई धोका दिने’, ओलीले भने, यो बीचमै राजीनामा दिनुपर्दैन ? मैले नयाँ पार्टी खोलेँ, नयाँ विचार अँगाले भन्नुपर्दैन ?’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस