नेप्से दाेहाेराे अंकले बढेपनि काराेबार रकम बढ्न सकेन
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १५:४४:०० मा प्रकाशित

काठमाडौं । आइतबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । नेप्से बढेपनि काराेबार रकम भने बढ्न सकेन ।
यसदिन नेप्से २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ ।
२२७ वटा कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा खरिद बिक्री भएको छ । गत बिहीबार ८ अर्ब बढीको शेयर कारोबार भएको थियो । गत केही दिन यता कारोबार रकम निरन्तर घट्दो क्रममा छ ।
यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सब इन्डेक्सतर्फ जलविद्युत् र बैंकिङ समूहमा वृद्धि देखिएको छ भने विकास बैंक, होटल तथा पर्यटन र फाइनान्समा गिरावट देखिएको छ ।
यस दिन सेञ्चुरी कमर्शियल बैंक र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य उच्च अंकले बढेकाे छ भने युनाइटेड इदि मर्दि हाइड्रोपावर, रिद्धि हाइड्रोपावरको शेयर पनि ६ प्रतिशत भन्दा बढिले बढेकाे छ ।
यसदिन गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.३७ प्रतिशतले घटेको छ । त्यसैगरि प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणि डेभलपमेन्ट बैंक र युनियन हाइड्रोपावरको शेयरमूल्य पनि घटेकाे छ ।
आइतबार नेश्नल हाइड्रोपावर कम्पनी, सेञ्चुरी कमर्शियल बैंक, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस