कोरोना सक्रिय संक्रमितको संख्या अब ४२ हजार २४, ९१.९ प्रतिशत निको, थप ३० जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ९७५ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र अस्पतालमा छुटेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट ९ हजार ८१० को परीक्षण गरिएकोमा २ हजार १६ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.२ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर अब ४२ हजार २४ संक्रमित रहेका छन् । देशका विभिन्न अस्पतालहरुमा ७३४ को आइसियूमा र २२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ३९ हजार १९९ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ८२५ छ । क्वारेन्टाइनमा रहनेकाे संख्या ३६१ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३३ लाख १७ हजार ३९ र एन्टिजेन परीक्षण १ लाख ७१ हजार ११३ को गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस