स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि व्यवसाय खाेल्न पाउनुपर्ने फास्टफुड एशाेसियसनकाे माग
- गाउँ सहर संवाददाता
- ११ असार शुक्रबार, २०७८ | २१:१३:०० मा प्रकाशित
.jpeg)
काडमाडाैं । फास्टफुड एशाेसियसन नेपालले ६ बुँदे मागपत्रसहित काठमाडाैं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयकामार्फत सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
एशाेसियसनका पदाधिकारीहरूले शुक्रबार काठमाडाैं, ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरू भेटर फास्टफुड, रेष्टुरेन्ट तथा बैंक्वेटहरूले भाेगिरहेकाे समस्याका बारेमा अवगत गराइ व्यवसाय सञ्चालनकाे लागि सहजीकरण गर्न ध्यानाकर्षण गराइएकाे एशाेसियसनका अध्यक्ष केशरबहादुर श्रेष्ठले जानकारी दिए ।
एशाेसियसनका उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव होमराज श्रेष्ठ, पूर्वमहासचिव राजनारायण श्रेष्ठ तथा सदस्य राकेश श्रेष्ठले सामूहिक रूपमा व्यवसायी र मजदुरकाे समस्याबारे अवगत गराइएकाे अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला प्रशासनले टेक अवे, हाेम डेलभरी र अनलाइन व्यपार गर्न दिने भनिएता पनि फास्टफुड तथा रेष्टुरेन्ट भन्ने शब्द स्पष्ट नखुलाइएकाे, अन्य व्यवसायजस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड, सामाजिक दूरी, मास्क, सेनिटाइजरकाे प्रयाेग गरेर फास्टफुड र रेष्टुरेन्ट खाेल्न पाउनुपनर्ने, ५० प्रतिशत हुने गरि सञ्चालनकाे गर्न पाउनुपर्ने, बैक्वेटमा भाैतिक क्षमताअनुसार २० प्रतिशत (५०० क्षमतामा १००) जनासम्म व्यक्तिहरूलाई समाजिक दूरी कायम गरि सेवा प्रदानकाे अनुमति दिनुपर्ने, फास्टफुड तथा रेष्टुरेन्टका कर्मचारीलाई परीचयपत्रकाे आ धारमा हाेम डेलिभरी गर्न पाउनुपर्ने लगायतका मागसहित ध्यानाकर्षण गराएएकाे छ ।
अन्यथा कराेडाैँ लगानी भएका, हजाराैँले राेजगार पाएकाे फास्टफुड तथा रेष्टुरेन्ट, बैक्वेट व्यवसाय बन्द गर्नुकाे विकल्प नभएकाे पूर्वमहासचिव राजनारायण श्रेष्ठले बताए ।
उनले राज्यले घरभाडा छुट, बिजुली, पानीको महसुल छुट, व्यवसाय नवीकरण निःशुल्क, कर छुट, बैंक ब्याज छुट, भाडा र कर्मचारीकाे तलबका लागि नेपाल सरकारले अनुदान दिनुपर्ने बताए ।
ज्ञापनपत्र

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस