एनआईसी एशियाको ‘टिकटक भिडियो च्यालेन्ज’, यसरी सहभागीता जनाउन सकिन्छ
- गाउँ सहर संवाददाता
- १० असार बिहीबार, २०७८ | १८:४२:०० मा प्रकाशित

काठमाडाैं । एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।
यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘MoBank गरौँ’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ। यस प्रतियोगितामा सहभागी भई प्रतिभिडियो १५ हजार रुपैयाँबराबरको आकर्षक उपहार जित्न सकिने र एकजना सहभागीको एकभन्दा बढी भिडियो छनोट भएमा १५ हजार रुपैयाँका दरले हुन आउने कुल रकमबराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।
प्रयोगितामा यसरी सहभागीता जनाउन सकिन्छ
क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) फलो गर्नुपर्नेछ ।
ख. सहभागीले आफूले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीलाई Tag एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ ।
ग. माथि उल्लेखित प्रक्रिया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक-एकवटा भिडियो विजयी हुनेछन् ।
घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।
ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।
बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस