११ महिनामा १३ खर्ब ८५ अर्बको आयात, १२ खर्ब ६२ अर्ब नाघ्यो व्यापार घाटा
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | १८:४७:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । भन्सार विभागले बुधबार २०७७ साउनदेखि २०७८ जेठसम्म भएका आयात-निर्यातको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म मुलुकको कूल व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा २४.६१ प्रतिशतले बढी हो । गत वर्षको जेठ मसान्तसम्म कूल व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
विभागका अनुसार चालु आवको ११ महिना (जेठ मसान्त)सम्म नेपालमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । सोही अवधिमा नेपालबाट जम्मा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
उक्त अवधिमा निर्यात ३७.७८ प्रतिशत र आयात २५.६७ प्रतिशतले बढेको विभागले जनाएको छ ।
यो अवधिमा सबैभन्दा धेरै डिजेल आयत भएको छ । यस्तै दोस्रोमा पेट्रोल तथा तेस्रोमा सवारी साधन बढी आयात भएको छ । यस अवधिमा १ हजारदेखि १५ सय सीसीसम्मको सवारी ८७ सय ६१ वटा आयात भैसकेको छ ।
यस्तै मोटरसाइकल आयातमा पनि वृद्धि भएको छ । ११ महिनामा करिब २ लाखवटा ५० देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल आयात भैसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस