११ महिनामा १३ खर्ब ८५ अर्बको आयात, १२ खर्ब ६२ अर्ब नाघ्यो व्यापार घाटा
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | १८:४७:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । भन्सार विभागले बुधबार २०७७ साउनदेखि २०७८ जेठसम्म भएका आयात-निर्यातको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म मुलुकको कूल व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा २४.६१ प्रतिशतले बढी हो । गत वर्षको जेठ मसान्तसम्म कूल व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
विभागका अनुसार चालु आवको ११ महिना (जेठ मसान्त)सम्म नेपालमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । सोही अवधिमा नेपालबाट जम्मा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
उक्त अवधिमा निर्यात ३७.७८ प्रतिशत र आयात २५.६७ प्रतिशतले बढेको विभागले जनाएको छ ।
यो अवधिमा सबैभन्दा धेरै डिजेल आयत भएको छ । यस्तै दोस्रोमा पेट्रोल तथा तेस्रोमा सवारी साधन बढी आयात भएको छ । यस अवधिमा १ हजारदेखि १५ सय सीसीसम्मको सवारी ८७ सय ६१ वटा आयात भैसकेको छ ।
यस्तै मोटरसाइकल आयातमा पनि वृद्धि भएको छ । ११ महिनामा करिब २ लाखवटा ५० देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल आयात भैसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस