३०३ अर्ब २९ करोड तरलता प्रशोचन, अमेरिकी डलर ३ अर्ब २ करोड खुद खरिद गरी रु.३५६ अर्ब ९३ करोड तरलता प्रवाह
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | ०६:३०:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को दश महिनामा रिभर्स रिपोमार्फत् रु.१०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु.२८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब गरी कुल रु.५८ अर्ब तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा रिपोमार्फत् रु. २५ अर्ब ६८ करोड र स्थायी तरलता सुविधामार्फत रु.७४ अर्ब ६९ करोड गरी कुल रु.१०० अर्ब ३७ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् रु.११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत रु.१०० अर्ब ५८ करोड गरी कुल रु.२१६ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएकाे छ ।
यस्तै बैंकका अनुसार समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब २ करोड खुद खरिद गरी रु.३५६ अर्ब ९३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब खुद खरिद गरी रु.३४६ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ९४ करोड बिक्री गरी रु.४६४ अर्ब ३४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १८ करोड बिक्री गरी रु.३६४ अर्ब ७४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको समेत नेराबैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस