अर्थतन्त्र

सुनको भाउ तोलामा १२ सय रुपैयाँले घट्याे

काठमाडौं । सुनचाँदीको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ८ सय कायम गरेको छ । बिहीबार तोलाको ९२ हजार रुपैयाँ थियो ।

यस्तै तेजावी सुनको भाउ पनि घटेर ९० हजार ३ सय कायम भएको छ ।

बिहीबारको तुलनामा चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले गिरावट आएको छ । शुक्रबारका लागि चाँदीको भाउ तोलाको १३ सय ५ कायम गरिएको महासंघले जनाएको छ । बिहीबार तोलाको १३ सय ४० रुपैयाँ थियो ।

गाउँ सहर संवाददाता