त्रिविले राेकिएका सबै परीक्षा साउनभित्र गर्ने
- गाउँ सहर संवाददाता
- ३ असार बिहीबार, २०७८ | २०:४३:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ ।
असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ ।
गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।
व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन ।
त्रिविले सञ्चालन गर्ने सबै परीक्षा भौतिक उपस्थितिमा नै हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस