राप्रपा अध्यक्ष डा.लोहनीको कविता : मेच नछोड्नुस्
- गाउँ सहर संवाददाता
- ३ असार बिहीबार, २०७८ | १४:०४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एक कवितामार्फत सत्तालोलुप, आत्मकेन्द्रीत राजनीतिक चरित्रमाथि कटाक्ष गरेका छन् ।
सत्तामा पुग्नुपर्छ र एक पटक सत्तामा पुगेपछि सधैं सत्तामै रहनुपर्छ भन्ने राजनीतिक प्रवृत्तिको अध्यक्ष लोहनीले ‘मेच नछोड्नुस्’ कवितामा चर्चा गरेका छन् ।
आदर्श, निष्ठा, नैतिकता सबै त्यागेर भए पनि आफू बाहेक अरुले अवसर पाउनु हुँदैन भन्ने आत्मकेन्द्रीत मनोवृत्तिप्रति उनको व्यङ्ग्य छ । सत्ता र कुर्सीको फाइदामा मात्र कुद्ने साँघुरो, संझौतापरस्त चरित्र र राजनीतिक पात्रले देश र जनतालाई बेवास्ता गरेको भन्ने कविताको सार छ । त्यसैले डा। लोहनी कवितामा भन्छन्, प्यान्ट च्यातिएर भ्वाङ्ग परे पनि मेच नछोड्नुस् ।
मेच नछोड्नुस्
मेच नछोड्नुस्
चाँडो गर्नुस्
यो आसन सधैँ खाली रहँदैन
अरु पनि बस्न सक्छन्
एक पटक बस्नुस्
बसेपछि नछोड्नुस्
जनता र देशलाई बिर्सनुस्
मेच भाचिए भाँचिन दिनुस्
आदर्श च्यातिए च्यातिन दिनुस्
प्यान्ट च्यातिएर भ्वाङ्ग परे
ग्लू लगाएर बस्नुस्
धक्का दिए
मेचसहित लड्नुस्
सिंहदरबारबाट खेदे
मेचसहित निस्कनुस्
दक्षिण या उत्तर
कता जाने ?
के फरक पर्छ र !
जता सत्ताको फाइदा
त्यतै जानुस्
आशीर्वादको लागि कुद्नुस्
तर मेच अब नछाड्नुस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस