स्वास्थ्य

१६ करोड १८ लाख २५ हजार बढीले हराए कोरोनाभाइरस, ८३ हजार ६८६ काे अवस्था गम्भीर

काठमाडौँ । विश्वमा जसरी कोरोनाभाइरसको कहर बढ्दैछ त्यतिनै निको हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभइरसको तथ्यांक अनुसार विश्वमा भाइरसका १७ करोड ७३ लाख ९४ हजार ५६६ मनिस संक्रमित हुँदा निको हुनेको संख्या १६ करोड १८ लाख २५ हजार १८५ पुगेको छ । तर ३८ लाख ३७ हजार ६१० ले भने ज्यान गुमाएका छन् ।

अहिले विश्वमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ७७१ रहेको इन्फोले जनाएको छ । तर ८३ हजार ६८६ काे अवस्था गम्भीर रहेकाे उसले बताएकाे छ ।

भाइरसका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या बढी छ । जहाँ २ हजार ७६० ले पछिल्लाे समय ज्यान गुमाएका छन् । यस्तै भारतमा पछिल्लो समय १ हजार ४७० को ज्यान गएको छ । यी तथ्यांक अन्य देशको तुलनामा भन्दा उचो हो ।

गाउँ सहर संवाददाता