सिन्धुलीको गोलन्जोर गाउँपालिकामा कांग्रेसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | १९:१०:०० मा प्रकाशित
.jpeg)
सिन्धली । "कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन" भन्ने नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समिति र नेपाली कांग्रेस गोलन्जोर-काठमाडौं सम्पर्क समितिको संयुक्त अभियान अन्तर्गत सोमबार सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिका सचिव अन्जनि कोइरालाले जानकार दिए ।
साे अवसरमा ४२ सय मास्क, २५ लिटर स्यानिटाइजर, २० वटा फेस सिल्ड, २ वटा पीपीइ, २ वटा अक्सिमिटर गाउँपालिकाका स्वास्थ्य कार्यालयका बीरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलन्जोर-३ का वडा अध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक संघ गोलन्जोरका सचिव अनुप बराल लगायतको रोहबरमा गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता पुष्पबहादुर कार्कीमार्फत गाउँपालिकालाई हस्तान्तरण गरियो थियाे ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीले दुवै सम्पर्क समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गोलन्जोरवासीको घाउमा यसैगरी मल्हम लगाउने विश्वास व्यक्त गर्दै सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
"यो हामी सबैले एक अर्कालाई साथ दिने समय हो । हरेक नागरिकको आफ्नो प्यारो जीवन बचाउनको लागि हाम्रो प्रयास निरन्तर जारी रहनेनै छ । हाम्रो एउटै कामना छ यस्तो बेलामा हस्पिटल र स्वास्थ्य सामग्रीको अभावमा कुनैपनि नागरिकले ज्यान गुमाउनु नपरोस् । हाम्रो यस अभियानमा भित्रैदेखि तन, मन र धन तिनै कुराले सहयोग गर्नुहुने सन्दीप बरालप्रति हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छौँ । तसर्थ नागरिकको जिवन रक्षाका लागि सबै आआफ्नो क्षेत्रमा विवेकपूर्ण ढङ्गले लागौँ । यो महामारीलाइ हामी छिट्टै परास्त गर्नेछौँ र यो लडाइँ हामी अवश्य जित्नेछौँ" सचिव अन्जनि कोइरालाले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस